१० मंसिर, एजेन्सी।

असहिष्णुता बढेको भन्दै देश छोड्ने बयान दिएका आमिरखान अहिले चर्चाको केन्द्रमा छन्। उनी र उनको पत्नी किरण राव माथी लगातार टप्पणीको वर्षा हुँदैछ। कुनै टिप्पणी सीमा भित्रका छन् भने कोही सीमा बाहिर गएर अभद्र टिप्पणी गर्दैछन।

aamirkhan-dhoom

उत्तर प्रदेशको कानपुरमा भारतीय जनता पार्टीका एक नेता सतीश महानाले निकै अभद्र टिप्पणी गरेका छन। उनले आमिर की पत्नी किरण अमेरिकी हवाइ अड्डामा आफ्नो कपडा उतारेर तलाशी दिनु पर्ने अभद्र टिप्पणी गरेका हुन। आमिरको पुत्ला जलाउन कार्यकर्ता सहित उपस्थित भएका सतीशले भने, ‘आमिर खानकी पत्नी किरण राव शायद अमेरिका गएर बस्न चाहन्छिन। उनी अमेरिकी यसकारण जान चाहन्छन् की शायद एयरपोर्टमा कपडा खोलेर तलासी दिन चाहन्छिन्।’

against amir (2)

उता आमिर खानको भनाइ षडयन्त्रको भाषा भएको भारतीय हिन्दुवादी संगठन शिव सेनाले बताएक केही दिनमै शिवसेना कै एक नेताले आमिर खानलाई पिटेमा एक लाखको इनाम नै घोषणा गरेका छन्। आमिर विरुद्ध अपशब्द प्रयोग गर्दै लुधियानामा शिव सेनाले यस्तो घोषणा गरेको हो।

एक अवार्ड समारोहमा बोल्दै आमिर खानले भारतमा असहिष्णुता बढ्दै गएको र आफ्नी पत्नी किरण रावले देशमा बस्न असुरक्षित महसुस गरिरहेको बताएका थिए। उनी विरुद्ध यसरी सीमा नाघेर टिप्पणी गरिरहँदा आमिर भने आफ्नो आउन लागेको फिल्म ‘दंगल’ को सुटिङको लागि मोहाली पुगेका छन्।

यो पनि पढ्नुस्।

आमिर खानको भाषा षडयन्त्रकारी- शिव सेना

आमिर खान विरुद्ध मुर्दावादका नारा, घर अगाडी प्रदर्शन, मुद्धा समेत हालियो

आमिर खानलाई मोदीका मन्त्रीको जवाफ, अनुपम खेरले पनि गरे गाली