८ मंसिर, एजेन्सी ।

भारतमा रहेको असहिष्णुता बारे बोलेर विवादमा परेका बलिउड अभिनेता आमिर खानविरुद्ध मुद्धा परेको छ ।

दिल्लीको एक पुलिस थानामा उनीवविरुद्ध मुद्धा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

aamir khan crying (1)

त्यसैगरी उनको मुम्बइस्थित उनको घर अगाडी पनि प्रदर्शन भएको छ । हिन्दु सेनाले आमिरको घर अगाडी प्रदर्शन गरेको छ ।

आमिर खानलाई मोदीका मन्त्रीको जवाफ, अनुपम खेरले पनि गरे गाली

यस अघि नरेन्द्र मोदी सरकारका मन्त्री मुख्तार अब्बासले आमिर खान भारतमा असुरक्षित नरहेको भन्दै आमिर खानले राजनीति गर्न खोजेको टिप्पणी गरेका छन् । आफ्ना फ्यानलाई समेत आमिर खानले अपमान गरेको उनको भनाइ छ ।

एक अवार्ड समारोहमा बोल्दै आमिर खानले आफ्नी पत्नी किरण रावले देशमा बस्न असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

Amir khan Anupam Kher

उता अभिनेता अनुपम खेरले पनि आमिरको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् । भारतको प्रशंसा गर्ने आमिरले कसरी भारतलाई असहिष्णु देखे भनेर आमिरले प्रश्न गरेका छन् ।

मोदीको राजमा अमिर खान पनि असुरक्षित, देश छोड्न पत्नीको सल्लाह

भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी र दिल्लीका मुख्यमन्त्री केजरीवालले भने आमिर खानको समर्थन गरेका छन् ।