८ साउन, काठमााडौं ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको सातवटै प्रदेशबाट छानवीन थालेको छ ।

आयोगमा परेका उजुरी मध्य सातवटै प्रदेशबाट छानबिनको काम थालिएको आयोगका सदस्य श्रीकृष्ण सुवेदीले बताए । उनका अनुसार ७ प्रदेशमा १ हजारका दरले ७ हजार उजुरीमाथी छानविन भईरहेको छ ।

आयोगले अहिले उजुरीकर्ताको बयान, सम्भावित पिडक झिकाउने र उनीहरुको बयान लिने काम गरीरहेको सद्स्य सुवेदीले बताए । आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य माधवी भट्टबीच मनमुटाव भएपछि आयोगको कामले गति लिन नसकेको हो ।

आयोगले सोचे अनुरुप काम गर्न नसकेको स्वीकर गरेको छ । तर आयोगले कर्मचारीको पनि समस्या रहेको जनाएको छ । दरवन्दी अनुसारका कर्मचारी नहुदाँ काम गर्न केही असहज भएको सदस्य सुवेदीले बताए ।