२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका प्रमुख पदका उमेद्बार विद्यासुन्दर शक्यले ३ सय २५ मतका साथ अग्रता कायम गरेका छन् ।

साझा पार्टीका उमेद्बारबाट पछाडि परिरहेका काँग्रेस उमेद्बार राजुराज जोशी अहिले उनीभन्दा धेरै मतले अगाडि छन् । जोशीले ३ सय १४ मत पाएका छन् ।

साझा पार्टीका किशोर थापाको २ सय ४ र विवेकशील दलकी उमेद्बार रञ्जु दर्शनाको १ सय ६४ मत रहेको छ । माओवादी केन्द्रका सर्वोत्तममान डंगोलको ३० मत रहेको छ ।