नेपालीहरुले मनाउने दोश्रो ठूलो चाड तिहार चलिरहेको छ । तिहारमा मानिसहरु रमाइलोका लागि पनि तास खेल्ने गर्छन् । तिहारमा हुने तास खेल र हारजितबारे सबैले सोचिरहेका हुन्छन् ।

आर्थिक दृष्‍टीले यो तिहार कुन राशीका लागि कस्तो ?

१२ मध्ये ५ राशीलाई यो साता आर्थिकरुपमा शुभ देखिँदैन । यस मध्ये यदि तपाइँको राशि मेष, वृष, मिथुन, तुला र मीन हो भने आर्थिक जोखिम नउठाउनुस् ।

मेषः यो साताको शुरुवात अलमलमै वित्ने छ । खर्च बढ्ने योग छ । आर्थिकरुपमा घाटाको साता हुनेछ । साताको अन्त्यतिर अवस्थामा शुधार आउने छ ।

new year rasifal

वृषः यो राशिका लागि पनि तिहारको साता नाफा भन्दा घाटा बढी हुन सक्छ । आर्थिकरुमा जोखिम नलिनुस् अनुशासित भएर कदम चाल्नुस् ।

मिथुनः सात दिनमा आर्थिकरुपमा नाफा हुने सम्भावना नै छैन । आफ्नै चिनेजानेका वा परिवारका सदस्यका कारण आर्थिक क्षति हुने सम्भावना उच्च छ । जोखिम
लिने कोशिस नगर्दा राम्रो ।

कर्कटः यो साता तपाइँलाई आर्थिक लाभ हुन सक्छ । रोकिएको पैसा पनि प्राप्त हुने सम्भावना छ । आर्थिकरुपमा लिएको जोखिमको उचित प्रतिफल मिल्नेछ । ठेकदार र दलालीहरुका लागि उत्तम समय छ ।

सिंहः सिंह राशिका लागि साता अनुकुल देखिन्छ । आर्थिक प्रगतीको समय बन्न सक्छ । आफ्नै साथीभाइ र नातेदारबाट आर्थिक नाफा हुने सम्भावना छ ।

rasifal 2016

कन्याः आर्थिकरुपमा साता शुभ छ । नयाँ ब्यापारको समेत सम्भावना देखिन्छ । साताको शुरुमै आर्थिक लाभ हुन सक्छ ।

तुलाः यो साता त्यति शुभ देखिँदैन । यो साता आर्थिक जोखिम नउठाउँदा राम्रो हुन्छ । आर्थिकरुपमा क्षति हुने योग छ ।

वृश्चिकः यो राशिका लागि आर्थिकरुपमा मिश्रित साता हुनेछ । आर्थिक लाभ भएपनि खर्च बढ्न सक्छ । ब्यापारबाट भएको फाइदा घरयासी खर्चमा जाने योग छ ।

धनुः धनुका लागि यो साता राम्रो छ । चन्द्रमाको स्थिति राम्रो रहेका कारण धनलाभको उच्च सम्भावना छ ।

मकरः आर्थिकरुपमा सकारात्‍मक साता छ । जागिर बदलिन सक्ने छ तर आकश्मिक लाभको सम्भावना छ । खासगरी पैत्रिक ब्यवसाय गर्नेहरुका लागि फाइदाको योग छ ।

कुम्भः यो राशिका लागि धनलाभको योग छ । साताको शुरुमै आर्थिक लाभ मिल्नेछ । साताको अन्त्यमा पुरानो लगानीले फाइदा दिन सक्छ ।

मीनः यो साता मीन राशिलाई आर्थिकरुपमा जोखिमको साता हो । जोखिम नलिनुस् ठुला लगानीबाट जोगिनुस् । साताको अन्त्यमा केही आर्थिक राहत मिल्ने योग छ ।

कुन राशिका प्रेमी प्रेमीका कस्ता
सुन्दर हुन्छन् यो राशिका स्त्री