२१ बैशाख, एजेन्सी ।

लाखौँको मनमा राज गर्ने अभिनेत्री आलिया भाट हिजोआज आफ्नो आगामी फिल्म ‘आशिकी ३’को सुटिङमा व्यस्त छिन् । यस फिल्ममा उनका प्रेमी सिद्धार्थ मल्होत्रासँग रोमान्स गरिरहेको देख्न सकिनेछ ।

हालै आलियालाई लिएर एक अचम्म लाग्ने खबर बाहिर आएको छ । खबरमा भनिएको छ, बुधबार मध्यान्न आलिया  कारमा बसेर बान्द्रामा जिमका लागि निक्लिइन् । जब आलिया जिम हल पुगिन्, बाहिर उनका फ्यानको एक समूह उभिएका थिए । आलियालाई देख्ने बित्तिकै उनको नाम लिन थाले ।

त्यसो त आलिया आफ्नो फ्यानप्रति फ्रेड्ली हुन्छिन् तर यसपटक शायद उनको मुड खराब थियो । करिब १५ जनाको समूह रहेको फ्यान सेल्फि खिच्न भनिरहेका थिए, त्यसैबेला आलिया चिच्याई निक्लिइन र भनिन्, ‘चुप रहनुहोस् र यहाँबाट बाहिरनुहोस् ।’ यति भन्दै जिमको वाचमेनलाई बाहिर पठाउँन इशारा दिइन् । यसैबीच उनका एक फ्यान रोइनिस्किए ।

यसअघि आलियाको एक बडीगार्डले मदिरा सेवन गरी लापरबाही तथा अभद्र व्यवहार गरेका थिए । त्यसपछि आलियाको आमाले ति बडीगार्डलाई रोजगारीबाटै निकालेकी थिइन् ।