५ कात्तिक, एजेन्सी।

मोडल तथा नायिका सना खान निर्देशक विशाल पंडयाको फिल्म ‘वजह तुम हो’ मा प्रमुख भुमिकामा देखिने भएकी छिन्। फिलममा उनको दिएको बोल्ड सिनले उनी एकाएक चर्चामा आएकी छिन्। ती सिनका कारण उनको बढी आलोचना भइरहेको छ।

sana-khan
हालैको अन्तर्वार्तामा यसैबारे बोल्दै सना भन्छिन्, ‘निकै अजिब लाग्छ, जब इन्डस्ट्रीका मानिस यसो सिन्सको बारेमा कुरा गर्छन। यो हास्यास्पद छ। आज हरेक मुभीमा किसिङ सिन हुन्छ। मलाई थाहा छैन कि इन्टिमेट सिन गर्या यस्तो हल्ला किन हो।’

पश्चिमी संस्कृति खुलेर अपनाएको बताउँदै हलिउड फिल्म हेर्न हुने तर बलिडमा इन्टिमेट सिनमा बबाल किन, उनको प्रश्न छ।

‘एक नायिका भएको नाताले म सधै नयाँ चीज गर्न चाहन्छु। मैले ‘जय हो’ मा एक छोटो नेगेटिभ रोल गरे र यो फिल्म (वजह तुम हो) मा मलाई पुरै साढे दुई घन्टा फिल्ममा देखिनेछ।’ उनले भनिन।

सनाले ‘बिग बोस’को छेठौँ सिजनमा भाग लिएकी थिइन, उनी त्यो बेला पनि विवादमै थिइन। सना सन् २००५ मा ब्री-ग्रेड फिल्म ‘ये है हाई सोसाइटी’ मा पनि देखिएकी थिइन।