२२ असार, इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकालाल चौधरी २० हजार ७४१ तथा उपप्रमुखमा लक्ष्मी गौतम २० हजार आठ मतका साथ अग्रस्थान छन ।

उनीहरुलाई पच्छ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १८ हजार ४०२ र उपप्रमुखका उम्मेदवार विमला ढकालले १६ हजार ९९२ मत प्राप्त गरी एमालेलाई पच्छ्याइरहेका छन । अहिले वडा नं ९, १०, ११, १३ र १४ वडाको मतगणना जारी छ ।