२१ भदौ, भक्तपुर ।

नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले नेपालमा तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले सरकारले तत्काल भ्रष्ट्राचार र तस्करी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

सरकारले अहिले अख्तियार दुरुपयोग अनुसनधान आयोग लगायतका संवैधानिक निकायलाई सहयोग नगरेको कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको उनको दावी थियो ।

उनले नेकपा एमालेले भ्रष्ट्राचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकोलाई नछोड्ने बताउँदै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको दावी गरे ।

एमाले बाहेकका दलहरु नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउदै पाण्डेले नेपालको समृद्धिका लागी नेकपा एमाले नै पहिलो शक्ति भएको बताउनुभयो । उहाँले नेपालको विकासमा काँग्रेस नै बाधक रहेको बताए ।