रमेश मल्ल

आउनु पर्थ्यो आयो !
सन्तुष्टि कम असन्तुष्टि बढी लिएर आयो ।
उत्पीडितले पहिचान खोजेका थिए
सामार्थ्यलाई पनि नक्सामा सजाएका थिए
मागेको त दिएनौ तिमिले
मलाई दु:ख छ,
मेरा आफन्तको रगतले बनेको
नयाँ नेपालको नक्शामा
फेरि, कोही लिने र कोहि दिनेको कथा कोरियो
दिनेको हातमा लडडु नै लडडु
लिनेको हात खाली
सायद
ईतिहासले फेरि रगत मागेको होला ।
केहि कलस्टर भत्काईए
केहि कलस्टर बचाईए
भत्किएका कलस्टरले
न पहिचान पाए न त सुगमता
पहिचान दिदैनौ भने सुगमता देउ
होइन भने
स्वायत्त क्षेत्र भित्र उपक्षेत्र र संरक्षित क्षेत्र देउ
नत्र म फेरि दोहोराउछु
सायद
इतिहासले फेरि रगत मागेको होला ।