१५ असोज, पोखरा।

पोखराको लामाचौरमा रहेको इन्जिनियरीङ अध्ययन सस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोलारबाट चल्ने कार निमार्ण गरेर शुक्रबार प्रर्दशन गरेका छन् ।solar-hybrid-car-3

क्याम्पसको मेकानिकल विभागमा अन्तरर्गतको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले सोलार कार निमार्ण गरेका हुन् । उर्जा संकट निवारण र वातावरण प्रर्दुषण नियन्त्रण गर्ने उद्देश्यले करिब ३ लाखको लागतमा कारको निमार्ण गरेको सागर अधिकारीले बताए ।

उनले चार वटा व्याट्री, १ सय ५० एम्पिएरको सोलार प्यालन, ९ वाटको डिसि मोटरबाट कार सञ्चालन ल्याएको हो । चालक सहित चार जनाको क्षमता रहेको कार निमार्णका लागि करिब साढे एक वर्ष लागेको उनले बताए । विद्युतबाट पनि व्यट्रि चार्ज गर्न सकिने र घामबाट ७ घण्टामा फुल चार्ज हुने कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

उनले एक पटक चार्ज भए पछि ६ घण्टा सम्म चल्ने बताए । उनले प्रतिघण्टा ३० किलोमिटर गति क्षमता रहेको उनले बताए । यो कारको तौल ५ सय किलोको रहेको छ । उनिहरुले पुराना सवारीका सामान र कोइलाबाट सञ्चालन हुने सवारीका पार्टपुर्जाबाट कार निमार्ण गरेका हुन् ।

यो कार प्रयास रिजाल, दिपेश कार्की, खगेन्द्र कार्की, राजन खनाल, सौगात कोइराला, सागर अधिकारी, कृष्ण तिमिल्सिना र सुमित ढकालले निमार्ण गरेका हुन् ।