एजेन्सी ।

क्विन्सल्यान्डकी मोडल समर मसीनरनी ट्याटुकी सौखिन् छिन् र उनले ट्याटु खोपिएको शरीरका केही तस्विरहरु आफ्नो इन्स्टाग्राममा हालिन्, जसले इन्टरनेटमा मानौ कि आगो नै लगाएको छ ।

समरलाई २०१५देखि ट्याटुको सौख चढ्यो । समर आफ्नो शरीरमा खोपेको कलात्मक ट्याटुका कारण निकै चर्चामा आउने गर्छिन् र उनको शरीरको यस्तो कुनै भाग नहोला, जहाँ ट्याटु नखोपेको होस् ।

समरले ट्याट्ले शरीर भर्न करिब १२७ घण्टा अर्थात् १५ दिन पुरै बिताएको र करिब १५ लाख बढी खर्च गरेकी छिन् । समरले न्यूयोर्कमा आएर एक पोख्त ट्याटु आर्टिस्ट भेटिन्, जो थिए कोइन मिचल ।

उनको छातीदेखि पुरै शरिर ट्याटुले भरिएको छ । समर भन्छिन्, ‘ट्याटु बनाउँदा सबैभन्दा बढी पिडा छाती र पेटमा हुन्छ ।’ ट्याटुका सौखिनका लागि समर एक प्रेरणा बनेकी छिन् ।