चर्चित बलिउड अभिनेत्री प्रियंका चोपरा आज ३५ वर्षमा पुगिन। उनले आजै जन्मदिन मनाएकी हुन्। केही समय यता हलिउडमा समेत आफ्नो स्थान बनाउन सफल प्रियंकाको जन्मदिनमा शार्कसंग बित्यो। उनि शार्क हेर्न समुन्द्रमा पुगेकी थिइन् जसको तस्विर उनले सार्वजनिक गरेकी छिन्

 

तर यतिखेर चर्चा उनको जन्मदिनको छैन्। इन्टरनेटमा उनका केही तस्विर भाइरल भएका छन्। चर्चा तीनै तस्विरको छ जसमा उनि उत्तेजक पहिरनमा देखिन्छन्।

हलिउडमा काम गरिरहेकी प्रियंका हाल ‘इट इज नट रोमान्टिक’ नामक चलचित्रको शुटिङ गर्दैछिन। उनी दुइ दिन अघि न्युयोर्कको सेन्ट्रल पार्कमा यही चलचित्रको शुटिङ गर्दै थिइन्।

 

यी तस्विहरु त्यही शुटिङका हुन्। शुटिङबाट लिक भएका यी तस्विरहरु एकाएक भाइरल बने। तस्विरमा प्रियंका चोपरालाई एडम डिभाइनले पछाडीबाट समातेका छन्

 

चलचित्र ‘इट इज नट रोमान्टिक’ आउँदो वर्षको १४ फरवरीमा सार्वजनिक हुनेछ। चलचित्रमा योग दुतका रुपमा प्रियंकालाई देख्न पाइनेछ।