एजेन्सी।

सेलेब्रेटीको लोकप्रियता कहिले काहीँ उनीहरुकै लागि समस्या लिएर आउँछ । यस्तै घटेको छ बलिउडका केही नायिकासंग, यो पटक मात्र होइन पटक पटक । प्रविधिको सहयोग लिएर नायिकाको छवी धमिल्याउने कोसिस बलिउड मात्र होइन विश्वभर फिल्मी जगतमै चुनौती बनेको छ। यसको केही उदाहरण अहिले इन्टरनेटमा देख्न सकिन्छ । करिना कपुर, क्याट्रिना कैफ, ऐश्वर्या रायलगातका नायिकाका तस्बिर फोटोसप तथा अन्य सफ्टवेयरबाट मोडिफाइ गरि इन्टरनेटमा फैलाइएका छन् ।

अश्लील, बिकिनी वा नग्न मोडलको तस्बिरमा यी चर्चित नायिकाको अनुहार लगाइदिएका छन् । यसकै कारण कतिपय नायिकालाई तनाव झेल्नुपरेको छ।