आजभोलि मानिसको दैनिक जीवनसंग इन्टरनेटको नजिकको सम्बन्ध छ। सन् १९९० को दशकमा सुरु भएको इन्टरनेट प्रविधिसंगै आमसंचार तथा टेलिकम्युनिकेसन प्रविधिको विकासले आजको युगले धेरै फड्को मारिसकेको छ ।

नेपालमा मुख्यतया ३ ओटा सीम तथा त्यसैमा इन्टरनेट डाटा प्याक सहित वितरण गर्ने कम्पनिहरु छन्; सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजि स्वामित्वका एनसेल तथा युटिएल।

सवैभन्दा वढि चलेका कम्पनिमा नेपाल टेलिकम र एनसेल हो । यी दुवै कम्पनिको इन्टरनेटको बजार हिस्सा लगभग बराबर नै छ । पछिल्लो एम आइ एस रिपोर्ट हेर्ने हो भने नेपाल टेलिकमको बजार हिस्सा ४६ प्रतिशत छ भने एनसेलको ४२ प्रतिशत छ ।

नेपाल टेलिकम

नेपाल टेलिकमले न्युनतम २७ पैसा प्रति एमबिसम्म सुविधा दिएको छ । त्यस्तै अन्य विभिन्न डाटा प्याकज पनि यसले उपलब्ध गराएको छ ।

प्रति महिना १३० मा यसले २०० एमविसम्म डाटा उपलब्ध गराउँछ। सबैभन्दा सानो प्याकमा १० एमवि डाटाको रु २० तिर्नुपर्ने हुन्छ। सबैभन्दा ठुलो डाटा प्याक १० जीबीको  रु २८०० मा छ महिनासम्म उपयोग गर्न सकिन्छ।

त्यस्तै भ्वाइसमेल सुविधाका लागी रु. ५०० प्रति महिनामा उपलब्ध छ ।  आफुलाइ चाहिने डाटा प्याकेज अनुसार एनटिसीले थुप्रै डाटा प्याकको अफर दिएको छ।

एनसेल

एनसेलले आफ्ना ग्रहकलाई मध्यनजर गर्दै विभिन्न डाटा प्याकमा चाहनाअनुसार उपयोग गर्न सकिने गरि उपलब्ध छ ।

२१ एमबी प्रतिसेकेन्डको डेटागतिमा ग्राहकले इन्टरनेट चलाउन सक्नेछन् ।

न्यनुनतम १ दिनको अवधि रहने र ६ एमवि को रु.६ नै पर्ने गरि पनि यसमा डाटा प्याक उपलव्ध छ ।

यसैगरि यसको मुख्य विषेशता भनेको सामाजिक सञ्जाल ट्वीटर र विकिपिडिया निशुल्क उपलव्ध छ ।

डाटा प्याकमा भन्दा पनि अनलिमिटेड इन्टरनेटको सुविधा हेर्ने हो भने युटिएल अगाडि छ । अनलिमिटेड २४ सै घन्टाको प्रतिमहिना मात्र रु.८४८ र वर्षको रु.५९३३ मा उच्च गतिको इन्टरनेट सेवा उपलव्ध रहेको छ ।

सवै इन्टरनेट प्रदायक कम्पनिहरुको आफ्नै विशेषताहरु रहेका छन् । नेटवर्कको सहजता देखि डाटा प्याकको भोल्युम हेरी कुनै पनि कम्पनिको इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ। सस्तोमा युटिएल, दु्रतगति चाहिएका एनसेल तथा सस्तो तथा विभिन्न भेराइटिमा चाहिएमा नेपाल टेलिकम उपयुक्त रहेको देखिन्छ ।