काठमाडौं ।

नेपाली सांगीतिक जगतमा आधुनिक गीतको मोहलाई धेरैले रुचाउने गर्दछन । आधुनिक गीत प्रेमीहरुको भावनालाई बुझ्दै गायिका इन्दिरा रजकले पहिलो एल्बम बजारमा लिएर आएकी छन । “बिझाउदो रहेछ” नामक गीतमा प्रेम र विछोडको भावलाई समेटिएको निमार्ण पक्षले जानकारी दिएको छ ।

गायिका इन्दिराकै शब्द तथा संगितमा ल्याइएको गीतलाई आम दर्शकले अधिकमात्रामा राजेका छन । यस गीतमा चर्चित मोडल तथा नायिका निता ढुङगाना , तथा विराटनगरका नव कलाकार कृष्ण कोइरालाको अभिनय रहेको छ ।

वीरेन्द्र कुमार भट्टले छायाङकन गरेको भिडियोलाई समिर मिलनले सम्पादन गरेका छन । साथै भिडियोको निर्देशन माधव खरेलले गरेका छन ।

हेर्नुस् भिडियो