९ मंसिर, काठमाडौं ।
इन्धनको कुनै दुःख नभएका अमेरिका र हङकङजस्ता सहर छिट्टै विद्युत्तीय सवारीसाधन पूर्णतः प्रयोग गर्ने चरणमा प्रवेश गर्दै छन् । हङकङपारिका पहिलो अत्याधुनिक चिनियाँ सहर सेञ्जेनलाई पनि अबको दुई वर्षभित्र धूँवामुक्त गराइँदै छ । तर काठमाडौं खाल्डो ? न व्यवस्थित सडक , न सवारी साधन र चालकमा अनुशासन, न त यहाँ इन्धन नै उत्पादन हुन्छ ।

यसलाई ६ महिनाभित्र पूर्णतः ग्रिन सिटीमा परिणत गर्ने प्रस्तावमा चिनियाँ र प्रधानमन्त्रीबीच छलफल अघि बढेको छ । यस प्रस्तावमा एउटै पोसाक रहनेगरी ६ हजार चालकलाई विद्युत्तीय ट्याक्सी सित्तैमा उपलब्ध गराउने र २ हजारवटा विद्युत्तीय बस चलाउने पनि उल्लेख छ ।

Nepal china flag

हाल चलिरहेको ट्याक्सी वर्षौं पुराना हुन् र यिनले दैनिक हजार रुपैयाँ मालिकलाई बुझाउनुपर्ने नियम छ । तर, प्रस्तावित नयाँ आउने ट्याक्सीको हकमा भने मासिक १२ हजार बुझाए पुग्नेछ । जुन बिन्दुबाट यात्रुले ट्याक्सी प्रयोग गर्छ, सुरुमै ६० रुपैयाँ उठ्ने हुन्छ ।

हाल १ लिटर पेट्रोलले १० किलोमिटर गुड्दा यात्रुलाई ४ किलोमिटर पार गर्न कम्तीमा पनि डेढ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । अब ६० रुपैयाँका दूरी कटेपछि प्रतिकिमी २ रुपैयाँका दरले यात्रा गर्न पाइने प्रस्तावमा छ। आजको जनआस्था साप्ताहिकमा खबर छ ।