एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार बेलुकी सवा ६ बजे हुने खेलमा म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्स्पर भिड्नेछ ।

९ खेलबाट समान २० अंक जोडेका म्यान यु र टोटनह्याम अंकतालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । टोटनह्यामका स्ट्राइकर ह्यारी केनले घाइते भएका कारण आजको खेल गुमाउँदैछन् ।

प्रतियोगिता अन्तर्गत आजै बेलुकी पौने ९ बजे हुने खेलमा आर्सनल र स्वान्सी सिटी, क्रिस्टल प्यालेस र वेस्ट ह्याम युनाइटेड, लिभरपुल र हडर्सफिल्ड बीच प्रतिष्पर्धा हुनेछ भने स्टोक सिटी र वाटफोर्ड तथा म्यानचेष्टर सिटी र वेष्ट ब्रोमविच अल्बियोन भिड्नेछन् । राति सवा ११ बजे हुने खेलमा बर्नमाउथले चेल्सीको सामना गर्नेछ ।