२७ कात्तिक, एजेन्सी ।

तस्विर: रोयटर्स

इराक र इरानको सीमावर्ती क्षेत्रमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार इराकको कस्बे हलब्जाभन्दा ३२ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।

भूकम्पबाट इरानको पश्चिमी प्रान्त केर्मान्साहमा कम्तिमा सय जना बढीको ज्यान गएको अधिकारीहरूले बताएको बिबिसीले उल्लेख गरेको छ।

भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन्। भूकम्पको तीब्रतासँगै सो क्षेत्रमा मानिसहरुको भागदौड मच्चिएको थियो।