२९ कात्तिक, एजेन्सी । आइतबार गएको शक्तिशाली भूकम्पका कारण मङ्गलबार अबेरसम्म इरानमा मात्रै ५०० बढीको मृत्युभएको इरानी अधिकारीले बताएका छन् ।

Photo: EPA

इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ ।

यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गरेको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।