१४ असार इलाम । इलामको रोङ्ग गाउँपालिकाको कोल्बुङ्ग मतदानस्थलमा मतदान गरि फर्किएका एक मतदाताको मृत्यु भएको छ ।

मतदान केन्द्रमा मतदान गरि फर्किदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यको मृत्यु भएको हो । एक्कासी बेहोस भएका आचार्यको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

यो सँगै आज विहानदेखि अहिलेसम्म मतदानका क्रममा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।यसअघि विहान झापामा एक वृद्ध र पाल्पामा एक वृद्ध र एक महिलाको भोट हालन लाइनमा लागेका बेला मृत्यु भएको थियो ।