१२ चैत, एजेन्सी । पश्चिम अफ्रिकी देश सेनेगलमा एक इस्लामिक च्यानलमा पोर्न फिल्म प्रसारण भएको खबर आएको छ । केही दिनअघि स्लामिक च्यानल ‘ट्युबा टिभि’बाट २० मिनेटसम्म पोर्न फिल्म टेलिकास्ट भइरहेको बताइएको छ ।

गत सोमबार स्थानिय समयअनुसार अपह्रान्नको १ः१०बजेदेखि १ः३०सम्म च्यानलले पोर्न फिल्म प्रसारण गरेको थियो । यस घटनासँगै हंगामा मच्चिएको छ । मानिसको रिसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कदम चालेको छ, जसमा टेलिभिजन च्यानलविरुद्ध हत्या अपराधको आरोपमा मुद्दा दायर गरिएको छ । मानिसहरुले च्यानललाई बन्द गर्न माग गरेका छन् ।

खबरअनुसार, आफ्नो सफाईमा च्यानलले केही व्यक्तिले आफ्नो एजेन्डा फैलाउँनका लागि उट्पट्याङ काम गरेको बताएको छ र च्यानलले आरोपीहरुको खोजी गरिरहेको पनि बताएको छ । च्यानलले एक धार्मिक च्यानलबाट यस्तो फिल्म प्रसारण भएकोप्रति क्षमा मागेको छ । अबदेखि यस्तो गल्ती नदोहोर्याउने च्यानलले बताएको छ ।

सेनेगलको स्लामिक च्यानल ‘ट्युबा टिभि’ले इस्लामसँग जोडिएका धार्मिक कार्यक्रम प्रसारण गर्दै आएको छ । यही च्यानलबाट केही इस्लामिक धार्मिक गुरुहरुको भाषण पनि प्रसारण हुने गर्छ ।