३२ साउन, काठमाडौ । प्रमुख दलका शीर्ष नेता सम्मिलित उच्चस्तरिय राजनीतिक समितीले आज असन्तुष्ट मध्येको संघीय समाजवादी पार्टीसंग वार्ता गर्दैछ । समिति सचिवालय नयाँ बानेश्वरमा साझ हुने वार्तामा संसपाले राखेका मागमा सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन ।

निर्वाचनमा समानुपातिक तर्फको सिटसंख्या बढाउनुपर्ने माग उच्चस्तरिय राजनीतिक समितिले पूरा गरिसकेका कारण वार्ता निश्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । अशोक राइ नेतृत्वको संसपाले उच्चस्तरिय राजनीतिक समिति खारेज गर्नुपर्ने, अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशवाट राजीनामा दिनुपर्ने लगायत माग राखेको छ ।

उच्चस्तरिय राजनीतिक समितिसंग वार्तामा बस्नुअघि संसपाले आज दिउसो काठमाडौको माइतिघर मण्डलामा विरोध प्रर्दशन गरेको थियो । यसअघि हिजो समितीले फोरम नेपाल नेतृत्वको मोर्चासँग संबिधान सभाको सिट संख्या ५ सय ८५ बनाउनेसहित ६ बुंदे सहमती गरेको थियो ।