१५ पुस, कास्की । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर बाधा हालिरहेको बताएका छन् ।

कास्कीको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको आज उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । आफू मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको स्मरण गराउँदै उनले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजेको बताए ।

चार दिदीबहिनी एकै पटक दिक्षित

कतिपयले उर्जा कहाँ बेच्ने भन्ने चिन्ता व्यक्त गरिरहेको भन्दै उनले उर्जा बेच्नेतिर मात्र नभई स्वदेशमै खर्च गर्ने योजना रहेको बताए । मन्त्री शर्माले इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गरे । “काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदिन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु ” उनले भने ।

उनले जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।