२२ भदौ, काठमाडौं ।नेपाल वायू सेवा निगमको विमानमा यात्रा गरिरहेका एक यात्रुको मृत्यु भएको छ । आज विहान नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा उडेको केही समयपछि नै ति यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुम्लाको हुमा गाउँपालिका वडा नम्बर ६ की ५६ वर्षीया लक्ष्मी शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । वायू सेवा निगमका अनुसार मृतकका आफन्तले शव बुझेर लगेका छन् ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।