१४ वैशाख, एजेन्सी।

उत्तर कोरियाली मिसाइलबाट देशलाई जोगाउन मिसाइल प्रतिरक्षा प्रणाली बनाउन अष्ट्रेलिया गम्भीर हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ।

उत्तर कोरियाले अष्ट्रेलियालाई परमाणु आक्रमणको चेतानवी दिएसंगै अष्ट्रेलिया चिन्तित बनेको हो।

पूर्व प्रधानमन्त्रीहरु टोनी एबोट र जोन हावर्डको लागि काम गरिसकेका रक्षा विज्ञ एन्ड्र्यु शिअरर भन्छन्, ‘किम जोन उनको प्रशासनले यति छिटो मिसाइल प्रविधि विकास गर्दैछ कि कहिलेकाहीँ पश्चिमा विज्ञहरु छक्क पर्ने गरेका छन्।’

उत्तर कोरियाली मिसाइलको खतरा तीव्र रुपमा बढेकोले मिसाइल आक्रमणबाट सुरुक्षित हुन मिसाइल प्रतिरक्षा प्रणालीबारे अष्ट्रेलिया गम्भीर हुनुपर्ने उनले एक अन्तर्वार्ताको क्रममा बताएका छन्।

‘उत्तर कोरियाली र चिनियाँ मिसाइल विकास निकै तीव्र अघि बढ्दैछ, विशेष गरि यी पछिल्ला वर्षहरुमा। यसको तीव्रता देखि पश्चिमी विज्ञहरु बेला बखत चकित पर्ने गरेका छन्।’, उनले भने।

उनले अष्ट्रेलियाली नेभीको ‘एअर वारफेयर डिस्ट्रोयर’ अपग्रेड गर्नुपर्ने सुझाएका छन ताकि यसको SM-3 मिसाइलले यसतर्फ बढेका दुश्मनका मिसाइल ध्वस्त गर्न सकोस्।

साथै दक्षिण कोरियामा तैनाथ गरेको टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (थाड) वा युएस प्याक-३ प्याट्रिओट जस्ता प्रतिरक्षा प्रणाली पनि विकल्पको रुपमा सोच्न सकिने उनले बताएका छन्।

आइतबार, उत्तर करियाली मन्त्रालयका प्रवक्ताले अमेरिकासंगको सहकार्य अष्ट्रेलियाको ‘आत्मघाती कदम’ भएको बताएका थिए।

यस्तो कदम जारी राखे अष्ट्रेलियाले उत्तर कोरियाको मिसाइल आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिइएको थियो।

यो पढ्नुस्:

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

५ मिलियन परमाणु बम आक्रमणको तयारी, अमेरिका र दक्षिण कोरिया ध्वस्त गर्ने उत्तरको चेतावनी