२० वैशाख, एजेन्सी।

परीक्षणको क्रममा मिसाइल रुस तर्फ उडेपछि उत्तर कोरियाले आफैले मिसाइल डेटोनेट गरेको दाबी गरेको छ। परीक्षण लगतै केही समयमै हावामा विस्फोट भएपश्चात अमेरिकी अधिकारीहरुले ‘असफल’ भनेको आफ्नो पछिल्लो परीक्षणबारे उत्तर कोरियाले यस्तो बताएको हो।

अमेरिकी चेतावनीको वास्ता नगरी उत्तर कोरियाले अघिल्लो शनिबार एक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो।

विस्फोट हुनुअघि मिसाइलले ३० माइल यात्रा गरेको र उत्तर कोरियाकै जमिनमा झरेको थियो।

मिसाइल प्रहार भएपछि रुस तर्फ अघि बढेकाले दुर्घटना हुनसक्ने बताउँदै सो KN-17 मिसाइललाई आफुहरुले नै डेटोनेट गरेको उत्तर कोरियाले दाबी गरेको हो।

यदि यो ‘असफल’ नगराइएको भए मिसाइलले रुसी क्षेत्रको तट ध्वस्त गर्ने दक्षिण कोरियाली वेवसाइट एसई डेलीले लेखेको छ।

शनिबार जापानले यो मिसाइलले ३० माइल यात्रा गरेपछि उत्तर कोरियाली भुमIमै झरेको बताएको थियो।

KN-17 उत्तर कोरियाले विकास गरेको नयाँ स्कुड मिसाइल हो। यस्तै एक मिसाइल उत्तर कोरियाले अप्रिल १६ मा, ‘द डे अफ द सन’ को भोलीपल्ट पनि परिक्षण गरेको थियो। अमेरिकी अधिकारीहरुले सो मिसाइल परीक्षण असफल भएको बताएका थिए।

यो पढ्नुस्।

कोरियाली आकाशमा अमेरिकाको बमर विमान

सबै चिनियाँलाई उत्तर कोरिया छोड्न निर्देशन, स्वदेश फर्कन चीनको आदेश