एजेन्सी ।

उत्तर कोरियाले लामो दुरीको रकेट प्रक्षेपण गरेपछि विश्वभरी यो विषयले चर्चा पाएको छ । पश्चिमा राष्ट्रसहित जापान तथा दक्षिण कोरियाले समेत यो विषयमा क्रुद्ध प्रतिक्रिया जनाएका छन् । चीनले भने नरम प्रतिक्रिया दिँदै रकेट प्रक्षेपण खेदजनक भएको बताएको छ ।

विश्वका लागि र क्षेत्रीय सुरक्षामा ठूलो खतरा भनिएको उत्तर कोरियाको पछिल्लो रकेट प्रक्षेपणले के अर्थ राख्छ । पढ्नुस् रकेट प्रक्षेपणबारे थाहा पाउनै पर्ने ३ तथ्यः

१-रकेट कि मिसाइल ?

उत्तर कोरियाले आफूले रकेट लञ्च गरेको जानकारी दिएको छ । तर अमेरिका, दक्षिण कोरिया र जापान लगायतका देशले यो रकेट नभएर क्षेप्यास्त्र भएको दावी गरेका छन् । उत्तर कोरियाले अमेरिका सम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकाश गरिरहेको भन्ने दावीकाबीच रकेट प्रक्षेपण गरेको घोषणा गरेपछि यस्तो प्रतिक्रिया आएको हो ।

N Korea missile system

पछिल्लो समयमा रकेट लञ्च नै गरेको भएपनि यसले लामो दुरीको क्षेप्यास्त्र समेत बोक्न सक्ने अमेरिकाको भनाइ छ । उत्तर कोरियाली कदमबाट आक्रोशित अमेरिकाले तत्काल राष्ट्रसंघीय सुरक्षा परिषदको बैटक बोलाउन माग गरेको छ ।

२- उत्तर कोरियाले के नयाँ देखायो ?

धेरैवटा असफल प्रयासपछि उत्तर कोरयाले सन् २०१२ मा पहिलो पटक आफ्नो भू-उपग्रह अन्तरिक्षमा कायम गर्न सफल भएको थियो । उत्तर कोरियाले आइतबार आफ्नो नयाँ पृथ्वीको अध्यन गर्ने भू-उपग्रह अन्तरिक्ष अक्षमा राख्न सफल भएको बताएको छ ।

north korea missile test (7)

दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले बनाएको पछिल्लो रकेटले १० हजार किलोमिटर सम्म मार हान्ने क्षमता राख्छ । यो भनेको अमेरिकाको हवाइ र उत्तरपश्चिमी तटीय क्षेत्र सम्म पर्छ । यद्यपी विश्लेषकहरु अझै पनि यो सफलता हात पार्न सफल नभएको बताउँछन् ।

३- सम्भावित परिणाम
उत्तर कोरियाली कदमलाई राष्ट्रसंघीय सुरक्षा परिषदले कडा शब्दमा निन्दा गर्ने निश्चित छ । यद्यपी यस्ता निन्दा वा नयाँ प्रतिबन्धले उत्तर कोरयालाई नयाँ नयाँ रकेट र क्षेप्यास्त्र परीक्षण गर्नबाट भने नरोक्ने देखिएको छ ।

N Korea missile system 1

उत्तर कोरियामाथि कुनै पनि कठोर कदम चाल्न सुरक्षा परिषदमा भिटो सहित रहेको चीनले दिँदैन । आगामी मे महिनामा हुने वर्कर्स पार्टीको सम्मेलनमा उत्तर कोरियाली शासकले पछिल्लो सफलता पारे प्रशंसा पाउने छन् ।

त्तर कोरियाको रकेट परीक्षणप्रति चीनको प्रतिक्रिया

उत्तर कोरियाली शासकले पत्याएकी यी महिला को हुन् ? (तस्विर सहित)