२ चैत, एजेन्सी।

उत्तर कोरियालाई लिएर बढीरहेको तनावकाबीच चीनले ‘कुनै पनि समय युद्ध हुन सक्ने’ चीनले चेतावनी दिएको छ।

चीनका विदेश मन्तरी वाङ यीले भनेका छन् यदि यस्तो भए हुनसक्छ जित कसैको पनि नहुनसक्छ।

चिनियाँ विदेश मन्त्री वाङले भने, ‘हामी सबै पक्षसंग आह्वान गर्छौ कि त्यो शब्द बाट होस् या कुनै गतिविधिले होस् एक-दोस्रोलाई उक्साउन र धम्काउनबाट बचौ। यस्तो स्थिति पैदा नहोस् कि स्थिति सम्हाल्न मुस्किल होस्।’

अमेरिकामा उत्तर कोरियाको परमाणु हतियारको विकासलाई लिएर चिन्ता बढेको छ र उसले कोरियाली प्रायद्वीप नजिक आफ्नो एक नौसेना युद्धपोत तैनाथ गरिसकेको छ।

यसै बिच आज शनिबार उत्तर कोरियाले आफ्नो छैटौं परमाणु बम परीक्षण गर्ने सक्ने सम्भावना बताइएको छ। सम्भवत: यो एक लामो दुरीको मिसाइल हुनसक्ने अनुमान लगाइएको छ।

आज उत्तर कोरियाको पहिलो नेता किम इल सुङको १०५ औँ जन्मदिन हो।

चीन एक्लो समर्थक
चीन उत्तर कोरियाको समर्थन गर्ने एकमात्र देश हो । यदि युद्धबाट उत्तर कोरियामा किम जोङ उनको सत्ता सकिए आफ्नो सीमामा शरणार्थी संकट खडा हुने तर्फ चीन चिन्तित छ।

चीनलाई अर्को चिन्ता पनि छ। उत्तर कोरियाको सत्ता गिर्दा एक बफर क्षेत्र समाप्त हुनेछ जुन चीन र उत्तर कोरियाबीचको खाली भु-भाग हो र जहाँ अमेरिकी सेनाले आफ्नो सैन्य वेस स्थापना गरेको छ।

यीनै कारणहरुले गर्दा चीनले उत्तर कोरियालाई धेरै कुरा भन्नबाट बच्दै आएको छ। तर अहिले चीनको यो छिमेकीसंग निराशा बढ्ने संकेत देखिएका छन।

चीनले उत्तर कोरियाबाट कोइलाको आयातमा रोक लगाइदिएको छ। साथै चीनको सरकारी प्रसारण सेवा सीसीटिभीको अनुसार चीनले १७ अप्रिल देखि बेइजिङ र प्योङ्गयाङबीचको एयर चाइनाको सिधा सेवा स्थगित गर्दैछ।

अमेरिका-उत्तर कोरिया तनाव

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उत्तर कोरियाली समस्या अमेरिकाले आफै निप्ट्याउने’ भनी टिप्पणी गरेपछि चीनको चिन्ता बढेको छ।

ट्रम्पले भनेका छन्, ‘यदि चीनले सहयोग गर्ने फैसला गर्छ भने त्यो निकै राम्रो हुनेछ तर नगरे हामी चीनको सहयोग बिनानै यसको समाधान गर्नेछौं।’

ट्रम्पको यस्तो बयान पश्चात केही दिन पहिले उत्तर कोरियाको सेनाले अमेरिकाको कुनै पनि गतिविधिको ‘गतिलो जवाफ दिने’ बताइसकेको छ।

साथै अमेरिकी राष्ट्रपतिले हालै आफ्नो सैन्य कारवाही गर्ने इच्छाको परिचय दिइसकेका छन्।

उनले सिरियामा कथित रासायनिक आक्रमण पश्चात सिरियामा मिसाइक आक्रमणको आदेश दिए, त्यसपश्चात अमेरिकी सेनाले अफगानिस्तानको इस्लामिक स्टेटको इलाकामा आफ्नो सबैभन्दा ठूलो बम खसाल्यो।

उत्तर कोरियाले अमेरिकासम्म परमाणु आक्रमण गर्नसक्ने क्षमता हासिल गर्छ कि भन्ने चिन्ता अमेरिकाको छ।

राष्ट्रपति ट्रम्प चीनका राष्ट्रपति सि जिनपिङसंग अघिल्लो हप्ता फ्लोरिडामा भएको शिखर सम्मेलन पश्चात लगातार फोन सम्पर्कमा छन्। समाचार एजेन्सी रिउटर्सले अमेरिका अधिकारीलाई उधृत गर्दै लेखेको छ कि उत्तर करियाको विरुद्ध आर्थिक प्रतिबन्ध लगाउनेबारे पनि विचार गरिदै छ।

यो पढ्नुस्

अमेरिकाले अफगानिस्तानमा खसालेको बम भन्दा शक्तिशाली रुसको बम ‘फादर अफ अल बम्बस्’