एजेन्सी । उत्तर कोरियामा भूकम्पको झड्का महशुस भएको छ । चीनियाँ बैज्ञानिकहरुका अनुसार उत्तर कोरियामा ३ दशमलब ४ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पको धक्का उत्तर कोरियाको परमाणु परक्षिण स्थल नजिकै महशुस गरिएको हो । यसअघि परमाणु परीक्षणका क्रममा भूकम्पको झड्का महशुस हुने गरेको थियो ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार कुनै विस्फोट भएको हो । तर दक्षिण कोरियाले भने कुनै परमाणु परीक्षणकै कारण भूकम्प महशुस भएको हुन सक्ने बताएको छ । गएको सेप्टेम्बर ३ मा आफ्नो छैटौं परमाणु परीक्षणका क्रममा भूकम्पको कडा झड्का महशुस भएको बीबीसीले जनाएको छ ।