एजेन्सी । परमाणु परीक्षण नरोकेपछि निकै घनिष्ट मानिँदै आएको चीनले पनि उत्तर कोरियामाथि प्रतिबन्ध सुरु गरेको छ । उसले उत्तर कोरियाबाट आयात गर्ने गरेको तेलको सप्लाई कम गरेको र त्यहाँबाट गरिने कपडाखरिदमा समेत प्रतिबन्ध लगाउन सुरु गरेको चीनको बाणिज्य मन्त्रालयलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।

मन्त्रालयका अनुसार प्राकृतिक ग्यासको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने रिफाइन्ड पेट्रोलियम उत्पादनमा पनि आगामी अक्टोबर १ देखि प्रतिबन्ध लाग्नेछ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीनका प्रतिबन्धका कारण प्योङयाङले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने देखिएको छ । दुई देशबीच कति तेलको सप्लाइ हुने गरेको छ र प्रतिबन्धपछि यो कति कम हुन्छ भन्ने कुनै स्पष्ट आँकडा छैन ।

उत्तर कोरियाले परमाणु कार्यक्रमलाई जारि राखेको भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रतिबन्ध लगाएको छ । नयाँ प्रतिबन्धपछि उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाकयुद्ध चर्किएको छ ।