६ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको परीक्षण हुने बताएका छन ।

अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सवै सहयोगी देशको सुरक्षार्थ वासिङ्टनले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

तर उत्तर कोरियाली राष्ट्रपति किमले उक्त वक्तव्यको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ तर क्षेप्यास्त्र कार्यक्रम नरोकिने चेतावनी दिएका थिए ।

यसैको प्रतिक्रियास्वरुप शुक्रबार फेरि नेता किम जोङ–उन साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन । उनको यस अघि कहिल्यै नभएको परीक्षण हुनेछ ।

राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङ्याङले अर्को हाइड्रोजन वम परीक्षणको धम्की दिएको छ । रासस/एएफपी