२७ वैशाख, एजेन्सी।
उत्तर कोरियाली शरणार्थीका छोरा तथा सुधारवादी नेता मून जे इनले दक्षिण कोरियाको सत्ता सम्हालेपछि सबैभन्दा पहिले उत्तर कोरियाका तानाशाह किम जोङ उनसंग छलफल सुरु गर्नेछन्। पूर्व राष्ट्रपति पार्क गुन हेले उत्तर कोरियासंगको सारा सम्बन्ध तोडेकी थिइन। साथै उत्तर कोरियामाथी पूर्ण प्रतिबन्द लगाएकी थिइन।

मार्चमा पार्क गुन हे भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएपछि मुन जे इन राष्ट्रपतिमा निर्वाचित भएका हुन। यो जित कोरियाली प्रायद्वीपमा अमेरिकीको दख्खल समाप्त गर्ने दिशामा महत्वपूर्ण मानिएको छ। उत्तर कोरियासंगको सम्बन्ध सुधार्ने पक्षमा रहेका मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो बयानको प्रशंसा पनि गरिसकेका छन् जसमा ट्रम्पले उत्तर कोरियाली तानाशाह किमसंग भेट गर्ने इच्छा प्रकट गरेका थिए।

पिता ‘मुन योङ-ह्युङ’ र आमा ‘काङ हान-ओके’का पाँच सन्तानमध्येका एक सन्तान हुन मुन। मुनका पिता मुन योङ-ह्युङ साउथ ह्यामगियोङ प्रान्तका शरणार्थी हुन। यो ठाउँ अहिले उत्तर कोरियामा पर्छ।

अमेरिका विरोधी पार्टीका नेता हुन् मुन
मुन निर्वाचित भएपछि अमेरिकाको तनाव बढेको छ। सायद यहि कारण उत्तर कोरियासंगको तनावबीच तत्कालिन राष्ट्रपति पार्क बर्खास्त लगतै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसन र उपराष्ट्रपति माइक पेन्स दक्षिण कोरियाको भ्रमणमा निस्किएका थिए। मुनको पार्टीलाई अमेरिका विरोधी मानिन्छ। मुन आफै पनि अमेरिकाको कडा आलोचन हुन। उनको सामु दक्षिण कोरियामा अमेरिकाको दख्खल रोक्ने ठूलो चुनौती छ।

अमेरिकाले दक्षिण कोरियामा थाड एन्टी मिसाइल सिस्टम तैनाथ गरेको छ। यसलाई लिएर निकै विवाद चलेको छ। मुनले यसको आलोचना गरिसकेका छन्।

अमेरिकालाई सबक सिकाउने मुडमा उत्तर कोरिया
अमेरिकी गुप्तचर विभाग सिआइएले उत्तर कोरियाको तानाशाह किम जोङ उनको हत्या गर्ने कोसिस गरिसकेको छ। यसबाट रिसाएको उत्तर कोरिया अमेरिकालाई सबक सिकाउने मुडमा छ। यस्तोमा दक्षिण कोरियामा मुनको जितलाई उत्तर कोरियाको पक्षमा मानिएको छ। युद्ध भइहाले अमेरिकालाई भन्दा कोरियाली देशलाई ठूलो नोक्सानी उठाउनु पर्नेछ। त्यसैले तनाव घटाउन मुनको अगाडी ठूलो चुनौती खडा भएको छ।

ट्रम्पको स्पष्ट नीति छैन
वास्तविकता यो पनि हो कि दुवै कोरियाली देशलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै स्पष्ट नीति छैन। तापनि दक्षिण कोरियासंग अमेरिकाको सैन्य सम्बन्ध बलियो मानिन्छ। तर यो जित संगै यस्तो दृष्टिकोण पनि कमजोर हुने देखिएको छ।

 इरानलाई झै अमेरिका उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने कोसिस गर्दैछ र उसलाई वार्ताको टेबुलसम्म ल्याउन चाहन्छ। जो सम्भव देखिदैन। संयुक्त राष्ट्र सुरक्षा परिषद र अमेरिकी प्रतिबन्धकाबीच इरान अमेरिकाको अघि झुक्नु परेको थियो। यसको एक मात्र कारण थियो, इरानसंग पर्याप्त संसाधन थिएन। तर उत्तर कोरियासंग यस्तो कुनै समस्या छैन। तानाशाह किम जोङ उन अमेरिकी कुटनीतिसंग जानकार छन्।

अर्थव्यवस्था सुधार्ने चुनौती
उत्तर कोरियाली शरणार्थीका छोरा मुनको अघि दक्षिण कोरियाको अर्थव्यवस्था सुधार्ने, भ्रष्टाचार समाप्त पार्ने र बेरोजगारीको समस्या समाधान गर्ने जस्ता चुनौती छन्। अहिले दक्षिण कोरियामा भ्रष्टाचार बढेको छ, पूर्व राष्ट्रपति पार्क आफै जेलमा बन्द छिन्।

यो पढ्नुस्।

उत्तर कोरियाको सिमा नजिक चीनको मिसाइल लञ्च

रुसमा विजय उत्सव मनारहँदा आइएसद्वारा रुसी अधिकारीको टाउको काटी हत्या