एजेन्सी ।

अमेरिका लगायत विश्वका विभिन्न शक्तिशाली देशलाई विभिन्न चुनौति तथा धम्की दिदै आएका किम जोंग उन उत्तर कोरियाली तानाशाही नेता हुन् । कठोर व्यवहारका कारण चर्चामा रहने किम पछिल्लो समय विभिन्न न्युक्लियर हतियार तथा त्यसको परिक्षणको विषयलाई लिएर चर्चामा छन् । अर्धपागल स्वाभावका नेता किमबारे यहाँ रोचक तथ्य सार्वजनिक गरिएको छ । जसमा उनी एक्लै फिल्म हेर्न जाने, वर्षेनी २०० करोड भन्दा बढिको रक्सी पिउने लगायत किमको अन्य जिवनशैलीबारे यहाँ चर्चा गरिएको छ ।

उत्तर कोरियाली शासक किमका १० रोचक तथ्य

१. नर्थ कोरियाली तानशाह किमले आफ्नो देशको रक्सी पिउने त त्यस्तै हो छुन पनि मन पराउदैनन् । किमले विदेशी ब्रान्डको रक्सी मात्र पिउने गर्दछन्, यसमा पनि विशेषगरि फ्रान्सेली ब्रान्डको रक्सी मन पराउछन् । हरेक वर्ष किमले ३० मिलीयन डलरको रक्सी पिउने गर्दछन् ।

२. किमलाई स्वदेशी खाना मन पर्दैन । उनले विशिष्ट श्रेणीको खाना मात्र खाने गर्दछन् । जसमा उनले डेनमार्कबाट पोर्क, ईरानबाट केवियर, चीनबाट मेलान, र जापानबाट कोवे विफ खानाका परिकार मगाउने गर्दछन् ।
३. किमलाई विदेशी ब्रान्डको सबैभन्दा महंगो र फ्रेन्च डिजाइनर चुरोट पिउन अति नै मनपर्छ । उक्त चुरोटको प्रति प्याकेट ४४ डलर पर्दछ भने लेदर प्याकिङको चुरोटलाई १६५ डलर पर्दछ ।

४. किमले आफ्ना साथी तथा सेलीव्रेटि पुर्व प्लेयर एनबीए डिनिज रोडम्यानलाई कहिलेकाहि उत्तर कोरिया बोलाईरहन्छन् ।
५. किम २०० लामो याटका मालिक हुन् ।
६. किमले प्रेम विवाह गरेका हुन् । आफ्नी पत्निलाई खुसी राख्न उनी जे गर्न पनि तयार हुन्छन् । उनले आफ्नी पत्निलाई मात्र सबैभन्दा महंगा उपहार दिने गर्दछन् ।
७. तानाशाही किमले आफ्नो देशमा विदेशी फिल्म प्रसारणमा रोक लगाएका छन् । उनीसंग २० हजार फिल्म डिभिडीको संकलन रहेको छ ।

८. किमसंग १००० सिटसहितको फिल्म हल रहेको छ । जहाँ उनी एक्लै फिल्म हेर्न मन पराउछन् भने कैयौ पटक उनी एक्लै पनि फिल्म हेर्न पुगिसकेका छन् ।
९. किमलाई सबैभन्दा महंगा कार चढ्ने ठुलो धोको छ । उनीसंग मर्सिडिज र अडिजस्ता महंगा कार छन् । जसको मुल्य ६०० देखि १.७ मिलीयन डलर रहेको छ ।

१०. किम जोंगले अमेरिकासंग जोडिएका हरेक कुरामा तनाव लिन्छन् । अमेरिकी राष्ट्रपतिको प्लेन एयरफोर्स १ जस्तै किमले पनि एक प्लेन बनाएका छन् । यसको नाम युएन राखिएको छ भने यसको मुल्य १.५ मिलीयन डलर रहेको छ ।