१५ चैत, एजेन्सी।

शुक्रबार उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइल परिक्षण गरेको सोमबार अमेरिकी अधिकारीहरुले बताएका छन्।

यो पढ्नुस् : ‘चीनले कुनै पनि बेला दक्षिणी चिनियाँ सागरमा युद्ध विमान तैनाथ गर्न सक्ने’

उत्तर कोरियाले अघिल्ला हप्ता भित्र गरेको उस्तै प्रविधिको यो तेस्रो रकेट इन्जिन परीक्षण हो।

यो रकेट इन्जिन उत्तर कोरियाले अन्तरमहादेशीय मिसाइल प्रहार गर्न प्रयोग गर्ने अनुमान अमेरिकी अधिकारीहरुले लगाएका छन्।

अन्तरमहादेशीय मिसाइल भएमा उत्तर कोरिया अमेरिकालाई सिधा चेतावनी दिनसक्ने हुनेछ। उत्तर कोरियाले विकास गरिरहेको आइसीबीएम प्रविधि कठिन प्रविधि मानिन्छ तर सफल भएमा उत्तर कोरियासंग शक्तिशाली रकेट प्रविधि हुनेछ।

यता सोमबार अमेरिकी सेनाले दक्षिण कोरियामा एफ-३५बी युद्धक विमान पहिलो पटक अभ्यासमा ल्याएको छ।