एजेन्सी । उत्तर कोरियासँगको तनाव बढिरहेका बेला अमेरिकाले कोरियाली बम वर्षक विमान पठाएको छ ।

उसले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । आज चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु बी वान बी नामक अमेरिकी रणनीतिक बम्बर्सक विमान कोरियाली प्रायद्वीपमाथि उडेका योन्ह्यापले उल्लेख गरेको छ ।

पूर्वी प्राप्त गङ्गवानमा अभ्यास गरिएको अमेरीकि प्रशान्त कमान्ड पीएसीओएमले जनाएको छ । यसलाई उत्तर कोरियाले छैठौं परमाणु परीक्षण र जापानमाथिको मिसाईल प्रक्षेपणपछिको पहिलो कारवाहीका रुपमा हेरिएको समाचारमा जनाईएको छ ।

अमेरीकाको युद्धक विमानसँगै दक्षिण कोरियाका एफ फिफ्टीन जेटहरुले पनि उडान भरेका थिए । उत्तर कोरियाले सन् २००६, ९, १३ र १६ मा परमाणु बम परीक्षण गरिसकेको छ ।

गतवर्ष हाईड्रोजन बम र परमाणु परीक्षण गरेको उसले यही सेप्टेम्बर ३ मा छैठौं परमाणु परिक्षण गरेपछि कोरियाली प्रायद्धिपमा तनाव चुलिएको छ । अमेरिकाको पछिल्लो कदमसँगै तनाव थप बढ्ने देखिएको छ ।