१३ चैत, काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि कतारका राजदूत यूसुुफ बीन मोहम्मद अल–हैलबीच भेटघाट भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा राजदूत हेलले उपप्रधानमन्त्री निधिलाई कतारका प्रधानमन्त्री समेत रहेका गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीका तर्फबाट कतार भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।

गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्वीकार गर्दै छिट्टै कतार भ्रमण गरेर प्रधानमन्त्री खालिफासंग भेटघाट गर्ने बताएका छन् ।

भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्री निधिको सचिवालयले जनाएको छ ।

त्यस अबसरमा राजदूत हैलले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचन लगायतका बिषयमा आबश्यक सहयोग गर्न कतार सरकार तयार रहेको बताएका थिए ।

निर्बाचन लगायतका बिषयमा सहयोग गर्न तयार रहेकोमा कतार सरकारलाई धन्यबाद दिदैं गृहमन्त्री निधिले यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस एजेण्डा अघि बढाउने बताए ।