१७ मंसिर, पोखरा ।

कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

आयोजना स्थलमा आज गरिएको सञ्चारकर्मीसहितको स्थलगत अवलोकनका क्रममा आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताए ।

Uper madi

आयोजनाबाट २५ मेगावाट जलविद्युत उत्पादन हुने जानकारी दिँदै उनले आयोजना पूर्णरुपमा सफल हुन करिब रु सात अर्ब लागत लागेको बताए ।

आयोजना संयोजक राजकुमार बरालले २०६९ पुस १३ गतेदेखि निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत सिल्दजुरे गाविस–४ चासुमा बाँध र ९ थाचोक, गैरीखेतमा पावरहाउस निर्माण सम्पन्न भएको जानकारी दिए । रासस