१२ भदौ, काठमाडौं ।
उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको फाइनल खेल दिउँसो तीनबजेपछि सातदोबाटो स्थित एन्फा कम्लेक्समा हुनेछ । नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई ३–२ ले पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

भारतले बंगलादेशलाई सेमिफाइनलमा सडनडेथमा पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको नेपाली टोलीले फाइनलमा पनि यसलाई निरन्तरता दिने जनाएको छ ।

Bimal Gharti after goal score

भारत बलियो टोली भएकाले अघिल्ला खेलमा भएका कमिकमजोरी पनि हटाएर प्रस्तुत हुने नेपाली टोलीको तयारी छ । सरकारले नेपालले उपाधि जिते सबै खेलाडीलाई एक एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको छ ।