१२ फागुन, काठमाण्डौ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको बोली २४ घण्टा नपुग्दै फेरिएको छ । हिजो पार्टीको बैठकबाट एउटा निर्णय गरेका भट्टराईले आज मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भेटेपछि एकाएक बोली फेरेका हुन् ।

फाइल तस्बिर

बुधबार बसेको नयाँ शक्तिको विशेष राजनीतिक समितिको बैठकले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड भन्दै आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु पर्ने र त्यसको लागि आफ्नो पार्टी पूर्ण प्रतिवद्ध रहेको भन्दै ६ सर्त अघि सारेको थियो । तर यादवसँगको भेटपछि भने भट्टराईले चुनावको वातावरण नबनेको भन्दै सरकारले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरेको चुनाव स्थगित गर्न माग गरेका छन् ।

हिजो जारी गरिएको विज्ञप्तीको ‘च’ नम्बरमा भनिएको थियो, ‘समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीन वटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।’ तर यादवसँगको भेट पछि जारी गरिएको विज्ञप्तीको २ नम्बर बुदामा भनिएको छ, ‘सङ्घीयता कार्यान्वयनका लागि सङ्घ र प्रदेशको निर्वाचन पहिला गराइनु पर्दछ ।’

अनि आजको ४ नम्बर बुँदामा भनिएको छ, ‘स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नु पर्दछ । राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनु पर्दछ ।’
बाँकी फरक आफै छुट्ट्याउनुहोस्

यो पढ्नुस्।
भट्टराई र यादवको संयुक्त विज्ञप्ती, सरकारसंग ६ माग
विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति