१३ फागुन, काठमाडौं ।
तीन बुँदे सहमति कार्यान्वयन नगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै संघीय गठबन्धनले आधिकारिक धारणा तय गर्न छलफलमा जुटेको छ । सरकारकाले अगामी वैशाख ३१ गतको लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि धारणा तय गर्न गठबन्धन बैठक बसेको हो ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनमा जारी बैठकमा सरकारले संसदमा अगाडि बढाउन लागेको संविधान संशोधन विधेयक, गठबन्धले खेल्ने भूमिका लगायतको विषयमा छलपल हुने गठबन्धनले बताइएको छ ।

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले तीन बुँदे सहमति पालना नगरी सरकार अगाडि बढेपछि आफूहरुसँग आन्दोलनको विकल्प नभएको बताए । बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर भने सहभागी छैनन् ।