११ फागुन, काठमाडौं।

फागुन १ गते जनयुद्ध दिवसकै दिन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बोलाएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई भने, ‘आईजीसा’ब, बेकारको झ्याऊ भो, अब तपाई नै कन्टिन्यु गर्नुस् ।’

उपाय पनि सुनाए, ‘३० वर्षे हटाइदिन्छु, तपाई नै चलाउनुहोस ।’ मुख्यसचिव र महान्यायाधिवक्तासहितलाई साक्षी राखेर गरिएको यो प्रस्ताव अस्वीकार गर्दै उपेन्द्रले भने, ‘मलाई बिदाइ गर्न साढे ३ सय अफिसर आंगनमा कुरी बसेका छन् । भो हजुर पुग्यो, म खान्नँ, बरु चार्ज कसलाई बुझाउने हो त्योचाहीँ निश्चित गरिदिनुस् ।’ यसो भन्दै उनी फर्केपछि बिदाइमा पनि ढिला भयो र अनि मात्र प्राविधिकतिर इञ्चार्जसिप सरेको हो।

यता, चुनाव घोषणा भइसक्यो तर चुनाव हाँक्ने फौज नेतृत्वविहिन छ। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

यो पढ्नुस्।

महानिरीक्षक अर्यालसहित पन्ध्र जना सेवानिवृत्त, हेर्नुस् बिदाइ कार्यक्रम ९ तस्बिरमा