७ चैत, काठमाडौं ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्दैछन् । उनी आजै दिउँसो ३ः३५ बजेको उडानमा भारत जान लागेका हुन् । उनी आजै दिल्लीबाट बनारस जाने कार्यक्रम तय भएको छ ।

बनारस हिन्दू विश्व विद्यालय अन्तर्गत नेपाल स्टडीज सेन्टरले बनारसमा भोलीदेखि गर्न लागेको ‘लोकतन्त्रको विकासका लागि शिक्षा, दक्षिण एशियाली सन्दर्भमा नेपालमा संविधानको परिणामस्वरूप संघर्ष’ कार्यक्रममा सहभागि हुन उनी भारत जान लागेका उनका प्रेस सल्लाहकार महेश चौरासियाले जानकारी दिए ।

कान्तिपथमा तनाव, १९ राउण्ड हवाई फायर, उपप्रम कमल थापा पनि धर्नामा

अध्यक्ष यादव कार्यक्रमका प्रमुख अतिथि एवं मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । जहाँ उनले नेपालमा संविधान जारी भइसकेपछि उत्पन्न परिस्थिती, त्यसले निम्त्याएको द्धन्द्ध र संविधान कार्यान्वयनका चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

निर्वाचनमा जान प्रचण्डसँग मोर्चाले राख्यो ३ सर्त

चौरासियाका अनुसार यादवको भारतीय नेताहरुसँग राजनीतिक भेटवार्ता पनि हुनेछ । तर अहिलेसम्म भेटको तालिका तय भएको छैन । अध्यक्ष यादव बिहिवार स्वदेश फर्कने छन् ।