कहिले काही हामी पकौडा, आलु फ्राई वा मासु फ्राई गरेपछि उब्रिएको तेललाई पुनः अर्को पटक प्रयोग गर्न राख्छौ र प्रयोग पनि गर्छौ । तर, के तपाईलाई थाहा छ, एक पटक प्रयोग भइसकेको तेल फेरि प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकार हुन्छ ?

एक अध्ययनमा भनिएको छ, एक पटक प्रयोगमा आएको तेललाई फेरि प्रयोगमा ल्याउँनाले क्यान्सरजस्ता घातक रोगको शिकार हुनसक्ने सम्भावना बढेर जान्छ ।

अध्ययनमा कुनै खानेकुरा पकाउँनका लागि प्रयोग भएर उब्रिएको तेल पुन प्रयोग गरेमा त्यसमा फ्रि रेडिकल्स बन्न थाल्छ, जुन अगाडि गएर रोगको कारण बन्न जान्छ । यसै कारण क्यान्सर, स्ट्रोक र अल्जाइमरजस्ता घातक रोगको शिकार हुने सम्भावना हुन्छ ।

यसबाहेक एकै तेललाई धेरै पटक उच्च तापमानमा तताएमा त्यसमा ‘एल्डीहाइड’ बन्न थाल्छ, जसका कारण मानिसमा डायबिटिज, हाइपरटेन्शन, कलेजोआदीमा रोग लाग्ने खतरा बढ्छ ।

यदि उब्रिएको तेललाई प्रयोग गर्नु छ भने सबैभन्दा त्यसलाई छान्नुहोस् र त्यो तेल गाढा, कालो वा चिप–चिप देखियो कि छैन हेर्नुहोस् ।