२७ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरीत सार्वजनिकस्थलमा ठूल्ठूला होर्डिङ बोर्ड झुण्डयाएको भन्दै उजुरी परेको हो । उम्मेद्वार उपाध्यायले आचारसंहिता विपरीत कार्य गरेको भन्दै कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्तरुपमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरि घिमिरेका अनुसार उजुरी दर्ता भएको र नियमअनुसार उनलाई सचेत गराइएको जानकारी दिए । कार्यालयका अनुसार आचारसंहिता उल्लंघनविरुद्ध अहिलेसम्म मौखिक र फोनमार्फत धेरै उजुरी आएपनि लिखित भने दुईवटा मात्र परेको जनाएको छ ।