-भिदालोका

मैले उसलाई बाह्र सकेपछि भेटेको हो। आइओइको इन्ट्रान्स तयारी कक्षाको लागि उ आएकी थिइ। मेरो त्यो दोर्सो दिन थियो। फोन गरे, उ माथी कुर्दै रहीछ। फेसबुकबाटै चिनजान भएको तर उसले मेराबारे धेरै कुरा थाह पाइसकेकी थिइ। अज्ञान म, माथिल्लो तलामा भेट भयो।kiss 31799811उ राम्री थिइ, साह्रै अग्ली थिइन, म भन्दा निकै डम्म परेकी थिइ। चिनचानमै बित्यो। इन्स्टिच्युटले ४२ सेक्सन तोकिदिएको थियो कार्डमा, म उ भएकै ३८ सेक्सनमा गइ बसेको थिए। ती दिन बिस्तारै बिते।

उ निकै फ्र्याङ्क थिइ सबैसंग बोल्नुपर्ने, नबोली बस्न नसक्ने। मैले ब्याचलर पढ्न सुरु गरे, उसले त्यो बर्ष ग्याप गरी।

पहिले त्यति काठमाडौ नघुमेको म, सबैठाउँ उसंगै घुमे, बुढानिलकण्ड, भक्तपुर दरबार, धुलिखेल, बौद्ध कति कति।

एक दिन चिडियाखाना गइयो। डुङ्गा चढियो। तालको छेउको कुर्सीमा बसेर घण्टौं कुरा गरियो। उ कालो ड्रेसमा थिइ, ममा तारिफ गर्न पनि हिम्मत थिएन। फर्केर रेष्टुरेन्टमा खाजा खाइयो, सगैं बसेर। त्यहि दिनबाट उप्रति छुट्टै फिलिङ आउन सुरु भएको थियो।

दैनिक घरको छतमा जान्थे, फोन गर्ने हिम्मत गर्थे तर सक्थिन। साह्रै भएपछि फोन गर्थे। हप्तामा २-३ पटक फोन हुन्थ्यो। मिसकल दिनहुँ।

पानी पर्ने मौसम निकै मन पर्छ। डम्म कुहिरो लागको जाडो महिनाको झिसमिसेमै कलेजको जुत्ता टक-टक गर्दै हिड्दाको दिन पनि रमाइला थिए। तर पानी पर्दा आउने माटोको गन्ध अनि त्यो मौसम मनपर्ने मात्र होइन मेरो सम्बन्ध अगाडी बढाउन ढोका नै बनिदियो।

एक दिन उ रुममै आइ। उसको कोही आफन्तलाई १ बजे हस्पिटल पुर्याउनु पर्ने जिम्मा लिएकी थिइ। १२ बजे देखि ठूलो पानी पर्यो। हामी गफिदै थियौं। तेस्रो तल्ला, ठूलो कोठा गफिनको लागि पानी लगातार परिरहेको। उसले १ बजे जानु पर्ने बताउँदै थिइ।

पानी परेको केही बेरमा फोन आयो, ‘आज हस्पिटल जानु पर्ने भएन’ उसले भनी। म फुरुङ्ग परे। तैपनि उ जान्छु कि जान्छु भनि ढोका तर्फ लम्कि। म छेक्न गएँ। ‘मलाई नरोक जे पनि हुन सक्छ’ उसले हौसिदै भनी। उ उसको दुवै हात पछाडी धकेली रहेको थिए, उ ढोका तर्फ धकेल्दै थिए।

उसको र मेरो दुरी घट्दै थियो। एक्कासी उसले चुम्बन गर्न ओठ जोडी। त्यो पहिलो चुम्बन थियो। केही सेकेन्डमै उ खाटमा बसी अनि रुन लागि। म घुडाँ भुइँमा टेकाएर सम्झाउन लागे। उसको रुवाइ कम हुँदै गयो, चुम्बन जारी रह्यो। उसलाई पुर्याउन उसको मामाघरसम्म पुगे। फर्कदाँ ८ बजिसकेको थियो।

यसपछि हामी अझै समीपमा आयौं। आफ्ना भित्री कुरा सेयर हुन सुरु भयो। उसका पुराना व्वायफ्रेन्ड थिए। भन्न मिल्ने उसले सबै भनि। म भने पहिले देखि नै संयम थिए। अनि निकै केटाकेटी कुरा गर्थे।

उसका धेरै केटा साथी थिए। उसले भन्दै गइ, म सुन्दै गए। यसरी नै पहिलेको व्वायफ्रेन्डलाई सुनाएका कुरा अनि केटा साथी धेरै हुँदा सो व्वायफ्रन्डले भनेका कुरा म सुन्दै थिए। उ वितेका कुरा प्रति निकै रिग्रेट गर्थी। वर्तमान हेर्ने हो भुतबाट सिकेर, मैले सदैव भन्दै आए।

वर्षौं वित्यो। अब काठमाडौंमा घुम्ने ठाउँ दोहोरिन थाले। बानेश्वर बाट पुरानो बसपार्क सम्म हिडेर गइन्थ्यो। तरपनि यतिका वर्षमा एकअर्कालाई सेयर गर्ने कुरा अझै बाँकी थिए।

बसपार्क पुगेपछि बल्ल काहाँ जाने डिसाड हुन्थ्यो। उसंग बसेर निकै बियर खाएँ, चुरोट सल्काएँ। उ छोड् भन्थी म छोडौला भन्थे। उसले पनि खान मन गर्न थालेकी थिइ।

चार जना साथी थियौं। गफिदै बियर खाएको। उसलाई निकै लागेको थियो। सुत्नको लागि अर्को कोठामा पुर्याए फेरी साथीहरु माझ नै फर्किएँ। अनि केही बेरमा तातोपानी तताउन भन्दै उ सुतेकै कोठामा गएँ। उ निदाएकी थिइन। मदिराले लठ्ठिएकी उसले खाटमा तानी, दुवै लठ्ठ, अनि हामी बिच पहिलो सेक्स भयो।

उसंगको अब नियमित झै भेट्न थाले। अब सामान्य विषयमा विवाद हुन सुरु भयो। उसले मैले भनेको समयमा आफ्नो समय नमिलाउँदा मलाई सहिनसक्नु हुन्थ्यो। उसका साथी केटा बढी थिए। फोन गर्दा उ कता हुन्थी।

उ भन्थी, ‘जे तिमीसंग भयो तिमीलाई लाग्छ कि म अरुसंग पनि त्यस्तै गर्छु?’ मलाई शंका गर्न ठाउँ थिएन। ‘विगत भुल वर्तमानमा जिऊ’, म भन्ने गर्थे।

निकै वर्ष विते, अब कुरा सेयर गर्न बाँकी रहेनन्। उसको र मेरो विवाद अब झगडामा परिणत हुन लाग्यो, हप्तौं नबोल्ने गरी। अब उसका साना-साना कुराले, केटा साथीका प्रसंगले बिझाउन सुरु गर्यो। मलाई कसैसंग कम्पिट गर्नु थिएन, तर साथीहरुसंग फिल्म हेर्न गएको संगै पिएको कुराले म आफुसंग भएका उसका यादहरुसंग तुलना गर्न थाले।

‘मलाई विश्वास गर्छौ?’ उसको ‘गर्दिन्’ जवाफले पहिलो पटक आघात पुग्यो। उसको जवाफको विषयवस्तु मैले सोधेको भन्दा फरक थियो कि? तर मेरो उ माथीको आस्थामा दाग लाग्यो। मैले मेरो धरातल गुमाए। उ माथी गरेको विश्वास आफ्नै मनमा धरमरायो।

एक दिन खाना खान आउ भनि बोलाएँ।

‘भो आउन्न’ उसले भनी।

‘म आउँ त?’

‘भो पर्दैन।’

१ घण्टा पछि अज्ञात रहेको दाईसंग खाजा खाएर आइ रे, ‘तिमी आउनु पर्दैन फोन आयो।’

 खाना खान आउँछू भन्दा सुरुमा नआउ भन्ने अनि कुन ‘दाई’सगँ निस्केर खाजा खाएर आएँ भनेर फोन गर्न? सहने पनि सीमा हुन्छ यार!

राती आठ बजे ल्यापटप प्याक गरे अनि रिसमै उसको कोठा तिर लम्के।

‘आज कुरा इन्ड गरेर आउँछु।’

बाटो भरी कुल मुडमा थिए। मलाई कुल मुड मेन्टेन गर्नु थियो।

उसको कोठामा पुगे। उ जिल्ला जान लागेकी, सामान प्याक गर्दै थिए। उसको अनुहारमा चिढचिढाहट पन थियो। मैले रिस देखाइन। मुस्कुराउँदै पसे।

चिया संगै बिस्कुट खाए। उसले जाकि जा भन्न लागि।

रातको ९ बजेको थियो। ल्यापटप निकालेर काम गर्न थाले। उसले छिटो गइदियोस् भनी पाँच बहान बनाइ। काखमा ल्यापटप राखेर खाटमा बसेको थिए, खाटमै रहेको मोबाइल बज्यो।

यसो हेरे, ‘वइ तिम्रो व्वाइफ्रेन्डको फोन आयो।’

‘को मेरो व्वाइफ्रेन्ड’ उसले रिसाउँदै भनी।

फोन उठाइन। खाटमै छोडी।

उसले जा कि जा भन्दै फेरी बहाना झिक्दै थिए। फोन फेरी बज्यो। मलाई हेर्न जरुरी थिएन, उसले फोन उठाइन। फोन लगेर घोप्टो पारी टेबलमा राखी।

‘मलाई घरमा फोन गर्नु छ स्काइपमा, तिमी जाउ त।’

‘अनि गर न त म डिस्टर्ब गर्छु र। तिमी उता बस म यता बस्छु।’

‘हुँदैन, म घरमा संधै झुट बोल्न सक्दिन।’

‘झुट के बोल्नु पर्या छ र?’

‘तिमी जाउ त खुरुक्क। आज मलाई एक्लै बस्न मन छ।’

‘मैले गर्छु चाहिँ के?!’

टेबलको फोन फेरी भाइब्रेट गर्न थाल्यो।

‘तिमी गइहाल त, किन नमानेको? मेरो काम छ, पढ्नु पनि छ।’

‘पढ न त। मैले डिस्टर्ब गर्दिन भनेकै छु। काम मेरो पनि छ, तिमी त्यता बस, म यता बसेर काम गर्छु’

केही बेरमा फोन फेरी बज्यो। त्यो फोन निरन्तर बज्दै रह्यो। उसले फोन उठाइन, न जति बहाना बनाएर जोड गर्दा नि म नै उठेँ।

‘मेरो कोठा मेरो मर्जी, तिमी गइहाल।’

अब यो भन्दा बढी सुन्नु छैन। मैले साथीलाई फोन गरे। उ भ्याली बाहिर घर गएको रहेछ। उ ढोकासम्म पुर्याउन आइँ।

‘आइन्दा फोन र म्यासेज नगर्नु।’

यति भनी म हिडे, ४५ मिनेट लाग्यो, राती साँढे नौ बजेको थियो फर्कदाँ।

उ भ्याली बाहिर गइ, केही महिनाको लागि।

त्यसपछि निकै कठिनसंग समय बित्यो। उसलाई भुलाउन कोसिस गरे। म निकै डिस्ट्र्याक्ट भएको थिए। काममा फोकस थिएन। जसरी पनि उसको याद छुटाउनु पर्ने। मैले कल्पनाको सहारा लिए।

कल्पना गर्थे, उ अन्य संगै गएकी छ, केयर अरुलाई नै छ। यी कल्पनामा म ठूलो हुनु पर्थ्यो। म फिक्सनल कुरा सोच्थे, ममा जादु गर्ने क्षमता थियो, कल्पनामा म आफुलाई जसरी नि ठूलो मान्थे। कल्पनाको शक्तिले फलत: आत्मविश्वास कम भएन, तर उप्रति नकारात्मक विचार बढी निम्त्याएँ। उसका यादलाई कल्पनाका कुराले बढारे। यसरी सजिलो भयो।

म काममा ध्यान दिन सक्ने भए। अब उसको याद यदाकता मात्र आउँथ्यो, तर पुन: कल्पनाको शक्तिले बढारिदिन्थे। अझै अगाडी धेरै छ, एउटै कुरामा अड्किनु राम्रो होइन, मनमा यति सोच्ने हिम्मत गर्ने भएको थियो।

डेढ महिना पछि फोन बज्यो। उठाएँ।

‘सरी’, उताबट जवाफ आयो।

‘तिमीले के गर्यौ र सरी भन्नलाई, पर्दैन’, मैले सामान्य रुपमा लिएँ।

अब उप्रति फिलिङ थिएन, कोठामा फर्किदासम्म बाटोमा आएको उसको फोनबारे केही कुरा मनमा खेलेन। निकै छिटो रिकभर भएछु।

डेढ महिना पछि उ काठमाडौं फर्केकी थिइ। भेट्न बोलाइ। म अफिसबाट निस्केको थिएँ।

‘मन्दिर नजिक पर्ख।’, फेरी फोन आयो।

उ वानपिसमा निकै राम्री भएर आएकी थिइ। पहिले त्यस्तो रुपमा देखेको थिइन। ‘आज राम्री देखिएकी छौँ।’, अब प्रशंसा गर्न सक्ने थिएँ।

‘तिमी बिजी छौ?’ उसले प्रश्न गरि।

मलाई त्यहाँ बस्नु थिएन। उसंग कुरा सेयर गर्न बाँकी पनि त केही थिएन। म हिडेँ, मलाई कहिँ कतै पुग्नु थियो। उ पनि फर्की।

फोनमा फेरी कुरा सुरु हुन थाल्यो। एक दिन भेट्न आइ।

‘मसंग किन झगडा गरेको?’ मैले भन्न मिल्ने सबै सुनाएँ।

‘तिमी राती कोठामा निस्केर कता हिड्यौं। यी तीन महिना आफैले गल्ती गरेको जस्तो भयो। त्यो दिन त्यसो नगरेपनि भए पनि हुने। तिमीलाई नजाउ भनेको भए पनि हुने।’ उ बोल्दै गइ, म सुन्दै गएँ।

‘तिमी प्रति ममा अब विश्वास अब रहेन। तिमीले त मलाई पहिल्यै देखि विश्वास गर्दैनौं।’

‘त्यसो भए मैले फोन नगरेको भए तिमी गर्थेनौ नै?’, उसले प्रश्न गरी।

‘सायद।’, मेरो छोटो जवाफ थियो।

‘तिमीलाई देखेपछि म रोक्न सक्दिन’ उसले किस गरि।