बलिउडमा निकै राम्रो  नाम कमाएका अभिनेता ऋतिक रोशन फेरी एकपटक चर्चामा छन्।

उनी चलचित्रका कारण भने चर्चामा आएका होइनन्। यसपटकको चर्चाको कारण व्यक्तिगत सम्वन्ध हो।

पुर्व प्रेमिका कंगना रनावतले ऋतिकसंगको सम्वन्धको बोल्दै थप खुलासा गरेपछी उनी एकपटक फेरी ‘लाइम लाइट’मा आएका हुन्।

 

त्यसो त ऋतिकको पछिल्लो चलचित्र ‘काबिल’ले बक्स अफिसमा खासै कमाल गर्ने सकेन् । हाल उनिसंग कुनै ठुलो चलचित्रको अफर नरहेको बताइन्छ।

 

यी सबका बाबजुद पनि ऋतिक निकै सह्राना गरिएका र रुचाइएका अभिनेता हुन्। यहाँ भने ऋतिका सम्पितका बारेमा चर्चा हँदैछ।

 

तपाईलाई थाहा नहुन सक्छ ऋतिक रोशन ४ हजार करोड सम्पतिका मालिक हुन्। ऋतिकसंग रोल्स रोय,मर्सिडिज, ज्यागुअर, फेरारी,पोर्स, रेञ्जरोभर  ब्राण्डका गाडी छन्।

ऋतिकको फ्याट बर्गर नामक रेष्टुरेण्ट चेनमा समेत लगानी छ। यसै गरि आफ्नै  नामको ‘विथ लभ फ्रम ऋतिक’ नामको  एउटा परफ्युम पनि बजारमा छ।

हेरौं ऋतिकका कमाईका केही फ्याक्टहरु

  • ऋतिकले भर्खरै एक ब्राण्डसंग १ सय ६० करोडको कन्ट्रयाक्ट गरेका छन्।
  • ऋतिकले एक चलचित्र बाट ७२ करोड पारिश्रमिकका रुपमा लिन्छन्। ।
  • ऋतिकले ब्राण्ड इन्डोर्स गरेको औसत १३  करोड रुपैया लिन्छन्
  • ऋतिकले विभिन्न व्यवसायमा २ हजार करोड भन्दा बढि लगानी गरेका छन् ।
  • उनिसंग सबै विभिन्न ब्राण्ड गरेर ४० करोड बराबारको कारहरु छन्।
  • ऋतिकले सन २०१३-२०१४ मा पारिश्रमिकबाट मात्र ७५० करोड भन्दा बढि कमाएका थिए।
  • ऋतिकको १३० करोड पर्ने भब्य महल छ