२६ जेठ, पाँचथर ।

एउटा बंगुरको मासु कति किलोसम्म हुन सक्ला ? अनि कति मूल्य पर्ला ? ८० किलो, ९० किलो वा सय किलोसम्मको हुने र बढीमा २०/३० हजार मूल्य पर्न सक्ने अधिकांशको अनुमान हुन्छ । तर, ओयामका एक कृषकले पालेको एउटा बंगुरमा यस्ता अनुमानभन्दा झन्डै चार गुणा बढी मासु पाइएको छ ।

ओयाम-८का शेरबहादुर नुगोले पालेको बंगुरको मासु झन्डै चार सय किलो भएको छ । ‘विराटनगरदेखि पाँच हजारमा किनेर ल्याएको सुँगुरको पाठा १८ महिना पल्दा तीन सय ८४ किलोको भएछ,’ नुगोले भने, ‘एउटै गाविसमा मात्र मासु खपत हुन नसक्दा तीन गाविसका मानिसलाई मासु पुग्यो ।’

bangur pig

अधिकांशले अनुमानभन्दा अत्यधिक धेरै मासु भएपछि ओयामसहित छिमेकी गाविस च्याङथापु र फलैँचाका एकसय ५० घरमा मासु पुगेको हो । नुगोले प्रतिकिलो दुई सय रुपैयाँका दरले मासु बिक्री गर्दा ७० हजार रुपैयाँ भन्दा बढी रकम संकलन गरेको छ।

१८ महिनाको अवधिमा एउटै बंगुरबाट ७० हजारभन्दा धेरै आम्दानी भएपछि ओयामका मानिस बंगुरपालनमा आकषिर्त भएका छन् । अहिले स्थानीयले उन्नत जातका बंगुरका पाठा ल्याएर पाल्ने क्रम सुरु भएको छ । आजको कारोबारमा खबर छ ।