१६ कात्तिक, काठमाडौं । किर्गिस्तानमा जारि १९ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

विस्केकमा आज भएको खेलमा नेपाल बहराइनसँग शून्यका विरुद्ध चार गोलले पराजित भएको हो । यो हारसँग नेपालको अघिल्लो चरण प्रवेशको संभावना कठिन बनेको छ ।

यसअघि पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २–० गोलले पराजित भएको थियो ।