८ फागुन, जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन ।

चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर समूहमा सुनमायाले प्रथम स्थान हासिल गरेकी हुन ।